२०८३ मङ्सिर, ७ आइतबार

स्ववियू निर्वाचन : रुद्रावती क्याम्पसमा ४ वटा संगठन दर्ता !

सागर भण्डारी, गुल्मी । आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीमा ४ वटा संगठन दर्ता भएका छन । 

क्याम्पसमा सोमबार विहान १० बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समुह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमया क्याम्पसमा रहेका विभिन्न ४ वटा संगठन दर्ता भएको निर्वाचन अधिकृत लिलाधर घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार गिता गैरेले नेपाल विद्यार्थी संघ, कर्ण नेपालीले अनेरास्ववियू छैठौँ, शोभा थापाले अनेरास्ववियू र सचिना नेपालीले अखिल क्रान्तिकारी दर्ता गरेका छन । 

निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार नै सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संगठन विच बैठकमा छलफल गरिने बताएको छ । 

त्रिभुवन विश्वविद्यालयले निकालेको केन्द्रीय निर्वाचन तालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय रहेको छ ।  त्यसैगरी फागुन २५ गते नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागनु २७ लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ । 

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । त्यसैगरि उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।  मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑